images
images
  • देउवाबाट बिच्किएका पूर्णबहादुर गगनको लाइनमा, आगामी महाधिवेशनमा सहभागी हुने तयारी

    काठमाडौं– नेपाली कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट नेताहरू महाधिवेशन प्रक्रियामा सहभागी हुने तयारीमा छन् ।

    खड्काले राखेका ८ बुँदे माग सम्बोधन गर्ने केन्द्रीय कार्यसम्पादन समितिको निर्णयपछि महाधिवेशनमा सहभागी हुने वातावरण बनेको नेता श्याम घिमिरेले बताए ।

    घिमिरेका अनुसार समूहको बैठक बसेर औपचारिक निर्णय गरिनेछ ।

    यसअघि शुक्रबार पार्टी एकताको पक्षमा भन्दै उपाध्यायसहित सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवनबहादुर शाही, रामहरि खतिवडा, नैनसिंह महर, गोविन्द भट्टराईलगायत २५ नेताले संयुक्त अपिल जारी गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images