images
images
  • हरितालिका तिज सुरू, दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने

    काठमाडौं– नेपाली हिन्दु नारीहरूको महान चाड हरितालिका तिज आजदेखि सुरू भएको छ ।

    जस अनुसार आज तीजको दर खाने दिन । हरितालिका तीजका दिन व्रत बस्नका लागि आज राति १२ बजे अघिसम्म आडिला परिकारहरू बनाएर दर खाने चलन छ ।

    विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाइ दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको छ ।

    आइतबार दर खाएपछि औपचारिकरुपमा सुरू हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images