images
images
  • संघीय सरकारको बजेटमा पूर्व सभामुख महराकी श्रीमती सीताको सम्झनामा पार्क !

    काठमाडौं-पूर्व सभामुख तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी पत्नी सीता महराको सम्झनामा रोल्पामा स्मृति पार्क निर्माण गरिएको छ ।

    दिवंगत सीता महराको नाममा स्थापना गरिएको सीता महरा मेमोरियल फाउन्डेसनले महराको गृहनगर रोल्पा नगरपालिका-१ मेबाङमा आकर्षक स्मृति पार्क निर्माण गरिएको फाउन्डेसनका महासचिव केशरमान बुढाथोकीले जानकारी दिए ।

    उनका अनुसार संघीय सरकारको ३० लाख र बाँकी जन श्रमदानबाट पार्क निर्माण गरिएको हो । दिवंगत सिता महराले रोपेर हुर्काएका आकर्षक फूल लालीगुराँस, चाइनिज टिमुर लगायतका बोटबिरुवाहरूलाई संरक्षण गरेर स्मृति पार्कलाई आकर्षक र मनोरम बनाइएको छ । साथै पार्कमा आकर्षक कला र डिजाइनले पर्यटकको मनै लोभ्याउने गरेको पाइन्छ ।

    दिवंगत सीता महराको स्मृतिमा स्थापना गरिएको फाउन्डेसनले थप सामाजिक काम गर्ने पनि बताइएको छ । तात्कालिक जनयुद्धको उद्गम थलो रोल्पामा जनयुद्धका एक कुशल अभिभावक सीता महरा स्मृतिमा निर्माण गरिएको पार्क एउटा मनोरम पर्यटकीय गन्तव्य बनेको स्थानीयको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images