images
images
  • नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने परराष्ट्रमन्त्रीको प्रतिबद्धता

    काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल ‘एक चीन’ सिद्धान्तप्रति दृढ रहेको भन्दै नेपाली भूमि कुनै पनि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन्।

    शनिबार काठमाडौंमा आयोजित ‘काष्ठमण्डप डायलग’मा बोल्दै उनले चीनले विपद्का बेला गरेको आपत्कालीन तथा प्राविधिक सहयोगप्रति आभार व्यक्त गरे। हिमताल विस्फोटलगायत प्राकृतिक विपद् न्यूनीकरणका लागि रियल–टाइम स्याटेलाइट डेटा आदानप्रदान, संयुक्त मौसम पूर्वानुमान र पूर्वसूचना प्रणाली विकासमा जोड दिनुपर्ने उनले बताए।

    मन्त्री खनालले नेपाली चिया, कफी र जडीबुटीलाई चिनियाँ बजारमा सहज पहुँचका लागि नेपालमै अन्तर्राष्ट्रियस्तरको क्वारेन्टिन तथा प्रमाणीकरण प्रयोगशाला स्थापना गर्न चीनसँग प्राविधिक सहकार्य आवश्यक रहेको बताए। साथै, शिक्षा, अनुसन्धान, व्यापार तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images