images
images
  • पूर्वराजाको पक्षमा खुले रास्वपा सांसद

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता राजीव खत्रीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कमजोर नठान्न चेतावनी दिएका छन् ।

    नेकपा नेता वर्षमान पुनको ‘निरंकुश राज्यसत्ताविरुद्ध बन्दुक उठाएर आएको’ भन्ने अभिव्यक्तिप्रति लक्षित गर्दै खत्रीले ज्ञानेन्द्रले शान्ति र स्थिरताका लागि राजगद्दी त्यागेको दाबी गरेका हुन् ।

    फेसबुकमा स्टाटस लेख्दै उनले ज्ञानेन्द्रलाई ‘इतिहास सिर्जना गर्ने शासक’ भन्दै उनको त्यागलाई कमजोरीका रूपमा नबुझ्न आग्रह गरेका छन् ।

    खत्रीले इतिहास र योगदानका आधारमा पूर्वराजाको मूल्याङ्कन गर्नुपर्ने उल्लेख गर्दै लेखेका छन्, ‘अझै पनि ज्ञानेन्द्र शाहलाई कमजोर नठाने हुन्छ ।’

    यसअघि पुनले सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरू निरंकुश राज्यसत्ताविरुद्ध बन्दुक उठाएर आएको भन्दै धम्की नदिन चेतावनी दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images