काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि लागेको आरोपबारे तत्काल अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सुनारले आईजीपी कार्कीमाथि तल्लो तहका प्रहरीको जुत्ता–मोजा खाएकोदेखि करोडौँ रुपैयाँ भ्रष्टाचार गरेकोसम्मका आरोप लागेको भन्दै सरकारले छानबिन नगरेकोप्रति प्रश्न उठाए ।
‘आईजीपीमाथि गम्भीर आरोप लागेका छन् । सरकार उनलाई बर्खास्त किन गरिरहेको छैन ? उनीमाथि छानबिन किन भइरहेको छैन ? के कारणले उनलाई बचाइराखिएको छ ?’ उनले प्रश्न गरे ।
सुनारले गम्भीर आरोप लागेका व्यक्तिमाथि राज्यका सम्बन्धित निकायले निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताए ।
उनले यस विषयमा संसदमार्फत सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्






















