images
images
  • राप्रपा ४८ जिल्लामा नयाँ नेतृत्व : कुन जिल्लामा को–को भए निर्वाचित ? (नामावलीसहित)

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी महाधिवेशनलाई लक्षित गर्दै ४८ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।

    अधिवेशनबाट ती जिल्लामा नयाँ जिल्ला अध्यक्ष निर्वाचित भएका छन् ।

    राप्रपाले भदौ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको जनाएको छ ।

    पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार बाँकी जिल्लामध्ये अधिकांशमा अधिवेशनको मिति तय भइसकेको छ ।

    महोत्तरीमा शुक्रबार, भदौ २६ गते जिल्ला अधिवेशन हुँदैछ ।

    राप्रपाले आगामी मंसिर २६, २७ र २८ गते महाधिवेशन गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।

    महाधिवेशनको तयारीस्वरूप स्थानीय तह तथा जिल्ला अधिवेशनलाई तीव्रता दिइएको पार्टीले जनाएको छ ।

    हालसम्म निर्वाचित जिल्ला अध्यक्षहरू :

    ताप्लेजुङ– अमृत कुमार सावदेन, इलाम– तारा प्रसाद नेपाल, झापा– केशव प्रसाद ओझा, मोरङ– मनोज बस्नेत, तेह्रथुम– टंकप्रसाद अधिकारी, सोलुखुम्बु– राजेन्द्र बस्नेत, ओखलढुंगा– पदम कुमारी गुरुङ, खोटाङ– ललित राई, संखुवासभा– दीपेन्द्र भण्डारी, उदयपुर– ध्रुव रायमाझी, सप्तरी– उम्देश्वर प्रसाद साह, सिराहा– शम्भु प्रसाद यादव, सर्लाही– विजय यादव, पर्सा– बिना जयसवाल कुर्मी, रामेछाप– भरत वाइवा, सिन्धुपाल्चोक– निलध्वज थापा, काभ्रेपलाञ्चोक– सहदेव भण्डारी, भक्तपुर– अर्जुन कार्की, चितवन– चेतनाथ वाग्ले, लमजुङ– क्या। केविन्द्र जंग गुरुङ, मुस्ताङ– जेम्स हिराचन, गोरखा– रमेशरमण खनाल, म्याग्दी– वीरबहादुर थापा क्षेत्री, पर्वत– शेरबहादुर उचाइ ठकुरी, बागलुङ– विष्णुप्रसाद सापकोटा, तनहुँ– इमबहादुर केसी ९केदार०, स्याङ्जा– ऋषिराम लामिछाने, नवलपुर– विष्णुप्रसाद अधिकारी, कास्की– नारायण गुरुङ, नवलपरासी पश्चिम– रामभवन यादव, रोल्पा– अम्मरबहादुर थापा, गुल्मी– त्रिविक्रम चन्द, पाल्पा– डुलबहादुर कुँवर, बर्दिया– हेमन्त प्रकाश गिरी, कपिलवस्तु– नारायणबहादुर सिंह, दाङ– प्रेम शाह, रुपन्देही– सागरप्रताप राणा, मुगु– वीरचन्द बुढा, हुम्ला– विकास महत, सल्यान– प्रदीप थापा, रुकुम पश्चिम– खम्बु खत्री, दैलेख– सुरत केसी, डोटी– खडकप्रसाद अग्रवाल, बैतडी– इन्द्रदेव शरण भट्ट, कालिकोट– मदन रोकाया, भोजपुर– जनक नेपाल, बारा– विनोद भारती र दोलखा– गंगाबहादुर बस्नेत ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images