images
images
  • राजीनामाको दबाबपछि कानुनमन्त्री सोविताले मागिन् माफी

    काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘जेनजी आन्दोलन’ स्मृति दिवसका क्रममा दिएको अभिव्यक्तिप्रति क्षमा मागेकी छन् ।

    बिहीबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गौतमले आफ्नो अभिव्यक्तिले कसैको भावनामा चोट पुगेको भए क्षमाप्रार्थी रहेको बताइन् ।

    उनले भदौ २३ गतेको कार्यक्रममा आफूले राष्ट्रिय सभाले कानुन निर्माणमा असहयोग गरेको नभनेको दाबी गरिन् ।

    आफ्नो भनाइ गलत ढंगले व्याख्या भएको उनको जिकिर थियो ।

    गौतमले भनिन्, ‘मैले बोलेका तथ्यगत कुराले यहाँहरूको हृदयमा चोट पुगेको भए म क्षमाप्रार्थी छु । आगामी दिनमा यस्ता विषयमा सतर्क हुनेछु ।’

    कानुन निर्माणमा प्रतिनिधिसभा, राष्ट्रिय सभा र राष्ट्रपतिबाट प्रमाणीकरणसम्मको प्रक्रिया पूरा गर्न दुवै सदनबीच सहकार्य आवश्यक रहेको उनले बताइन् ।

    पछिल्लो समय कानुन निर्माणमा ढिलाइ भएको गुनासो सम्बोधन गर्न पनि सहकार्य गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

    उनले आफूले बोलेका विषयमा जवाफ दिन तयार रहेको भन्दै नबोलेका कुराको जिम्मेवारी भने लिन नसक्ने स्पष्ट पारिन् ।

    पार्टीभित्र भने मन्त्री गौतमलाई पदबाट राजीनामा दिन दबाब दिएको स्रोतले बताएको छ ।

    उनले राजीनामा दिन राजी भए पनि रास्वपा सभापति रवि लामिछानेले नमानेपछि माफी मागेको स्रोतको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images