काठमाडौं– सुनसरी–४ का सांसद दीपककुमार साह नयाँ उद्योगमन्त्रीका लागि सिफारिस भएका छन् ।
प्रधानमन्त्री बालेन शाहले गौरीकुमारी यादवले राजीनामा दिएपछि साहको नाम मन्त्री नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका हुन् ।
साह अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छन् ।
मन्त्रिपरिषद् बैठक जारी रहँदा उनी कार्यालयकै एक कोठामा बसेका छन् ।
साह चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका थिए ।
यसअघि उनी सीके राउत नेतृत्वको जनमत पार्टीबाट निष्काशित भएपछि आफ्नै दल गठन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्






















