images
images
  • मधेशी मन्त्रीले राजीनामा दिएपछि रास्वपा सांसद अमरेश सिंहले भने– ‘बालेन सरकार बालुवाको महल हो’

    काठमाडौं– सत्तारूढ रास्वपा सांसद अमरेश सिंहले बालेन नेतृत्वको सरकार बालुवाको महल भएको टिप्पणी गरेका छन् ।

    बिहीबार संसद्को सुन्ने समयमा बोल्दै सांसद सिंहले यस्तो टिप्पणी गरेका हुन् ।

    यसअघि उद्योगमन्त्रीबाट दीपककुमार साहले दिएको राजीनामा र गौरीकुमारी यादवले भर्खरै दिएको राजीनामालाई लिएर सांसद सिंहले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार बालुवाको महल भएको टिप्पणी गरे ।

    उनले भने, ‘सरकारले बारम्बार संविधानमा धावा बोलेको छ । संविधान विपरीत कार्य गर्दै आएको छ । यसर्थ यो सरकारको भविष्य देख्दिनँ, मधेशी मन्त्रीमाथिको प्रहार सह्य हुँदैन । हाम्रो समुदायका मन्त्रीमाथि सरकार निर्मम बनेको छ । यो राम्रो होइन, सरकार यसरी धेरै दिन टिक्दैन ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images