काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.९४ अंकले घटेको छ ।
बुधबार १५.४३ अंक घटेर २५४५.४० विन्दुमा बन्द भएको नेप्से बिहीबार प्रि–ओपन सेसनमा ०.९४ अंक घटेर २५४४.४६ विन्दुमा झरेको हो । यस सेसनमा सेन्सेटिभ परिसूचक भने ०.४० अंकले बढेको छ ।
प्रि–ओपन सेसनमा ६९ वटा कम्पनीको शेयर ११० पटक कारोबार भएको छ । यस क्रममा सात हजार १८१ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल २९ लाख तीन हजार ७७८ रुपैयाँ ४० पैसाको कारोबार भएको छ ।
कारोबार भएका कम्पनीमध्ये २२ वटाको शेयर मूल्य बढेको छ भने ३६ वटाको घटेको छ । १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















