काठमाडौं–उच्च लाभांशका कारण कुनै समय आकर्षक बनेका नागरिक लगानी कोष (सिआइटी) र हिमालयन डिस्टिलरीको सेयर मूल्य पछिल्लो समय घटे पनि दुवै कम्पनीमा सुधारका संकेत देखिन थालेका छन् ।
नागरिक लगानी कोषले २०७७ मा हकप्रद सेयर बिक्री गर्दा उल्टो बोलकबोलबाट प्रतिकित्ता करिब ३ हजार ५०४ रुपैयाँ प्राप्त गरेको थियो ।
यसबाट ठूलो प्रिमियम सञ्चिति बनेपछि कम्पनीले तीन वर्षसम्म १७ देखि ३१ प्रतिशतसम्म लाभांश दिएको थियो । तर पछिल्ला दुई वर्षदेखि लाभांश १३ प्रतिशतमा सीमित हुँदा सेयर मूल्य पनि घट्दै आएको छ ।
भदौ १६ गते कोषको सेयर मूल्य आठ वर्षयताकै न्यून १ हजार ६२५ रुपैयाँमा झरेको थियो । अहिले भने अधिकृत पुँजी १० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव प्रतिनिधि सभामा पुगेपछि मूल्यमा सुधार देखिएको छ ।
यस्तै, हिमालयन डिस्टिलरीले कुनै समय १०० प्रतिशतभन्दा बढी लाभांश दिएको थियो ।
पछिल्ला वर्षमा लाभांश घटेपछि सेयर मूल्य १ हजार १००–१ हजार २०० रुपैयाँ आसपासमा सीमित छ। यद्यपि, आर्थिक वर्ष २०८२र८३ मा कम्पनीको नाफा २८ प्रतिशत बढेर १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।
उत्पादन क्षमता विस्तारको कामसमेत अघि बढाइरहेको कम्पनीको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ पुगेको छ ।


विश्व खबर 




















