images
images
  • भिमार्जुन आचार्यको प्रश्न– सुरुङभित्रै सुशासन खोज्ने कि देशलाई जीवितै उद्धार गर्ने ?

    काठमाडौं– संविधानविद् डा. भीमाजुन आचार्यले २०८२ भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबाट उत्पन्न परिस्थितिलाई मानव सभ्यताकै क्रुर घटनाका रुपमा स्मण गरेका छन् ।

    उक्त दिनको सम्झना गर्दै उनले आज सामाजिक सञ्जालमार्फत सरकारलाई प्रश्न गरेका छन्– सुरुङभित्रै सुशासन खोज्ने कि देशलाई जीवितै उद्धार गर्ने ?

    उनी लेख्छन्–

    सुरुङ भित्र मान्छे फस्दाको पीडा र त्रासदी भोटेकोशी बाढीमा यसपटक हामीले व्यहोर्‍यौँ । क्षतिको कुनै लेखाजोखा नै छैन ।

    बयासी भदौ २३ र २४ को मानव सभ्यता कै सबै भन्दा क्रुर घटनाले हजारौं वर्षको स्वाभीमान र स्वाधीनता भएको देशलाई क्षणभर मै सुरुङ भित्र पसायो। अब सुरुङ भित्रै सुशासन खोज्ने वा सुरुङबाट पहिले देशलाई जीवितै उद्धार गर्ने ? हाम्रो हातमा छ, त्यसको निक्र्योल हामीले गर्नु पर्छ ।

    हाम्रो लोकेसन बरदान हुन सक्थ्यो, तर सधैं अभिसाप बन्यो । केही विदेशी तत्वहरूले हामीलाई सधैं टुटाउने, फुटाउने र लडाउने प्रयास गर्दे आए । त्यसबाट हामी आजसम्म जोगिदै आयौँ । अब पनि जोगिनु पर्छ । हामी टुट्नु र फुट्नु हुँदैन ।

    आज भदौ २४ को दिनमा भन्ने कुरा कुनै पनि मानव वस्ती र राष्ट्रिय सभ्यताले हाम्रो जस्तो २३ र २४ को घटना अब व्यहोर्नु नपरोस् । देशी र विदेशी सबै राजनीति न्यूनतम विधिमा आधारित भएर चलुन् । मान्छेको जीवन र देशको जीवनको मूल्य हुन्छ, त्यसको सम्मान होस् । सुरुङबाट देशको छिटो सकुशल उद्धार होस् ।

    Screenshot 2026 09 09 072744

    प्रतिक्रिया दिनुहोस्
    images
    images