images
images
  • सुपर मादीको शेयरमूल्य समायोजन, प्रतिकित्ता ४५८ रुपैयाँ २६ पैसा कायम

    काठमाडौं– नेपाल स्टक एक्सचेञ्जले सुपर मादी हाइड्रोपावरको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरणका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरेसँगै नेप्सेले मंगलबार शेयरमूल्य समायोजन गरेको हो ।

    नेप्सेले कम्पनीको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपछि सुपर मादी हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता ४५८ रुपैयाँ २६ पैसा कायम भएको छ ।

    सोमबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ५२७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सोही अन्तिम कारोबार मूल्यका आधारमा नेप्सेले बोनस शेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

    समायोजित मूल्यलाई आधार मानेर कम्पनीको शेयर कारोबार भदौ २४ गते बुधबारदेखि दोस्रो बजारमा खुल्नेछ ।

    ३३३ १७औँ वार्षिक साधारण सभा असोज १ गते

    सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर तथा बोनस शेयरको कर प्रयोजनका लागि शून्य दशमलव ७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न असोज १ गते बिहीबार १७औँ वार्षिक साधारण सभा बोलाएको छ ।

    सभा काठमाडौंको होटल इम्पेरियलमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभाले प्रस्तावित बोनस शेयर तथा नगद लाभांश वितरणसँगै कम्पनीका अन्य नियमित प्रस्तावमाथि समेत छलफल गरी निर्णय गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images