images
images
  • सरकारले शोक दिवस घोषणा गर्ने पत्तो नदिएपछि सांसदहरूको माग

    काठमाडौं– रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीपछि सांसदहरूले सरकारसँग भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न माग गरेका छन् ।

    राष्ट्रिय सभामा शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद युवराज शर्माले उद्धार, राहत र पुनर्स्थापनामा सरकारको ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

    नेकपाकी सांसद मदन कुमारी शाह गरिमाले एक दिन राष्ट्रिय झण्डा झुकाएर शोक मनाउन माग गर्दै जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउनुपर्ने धारणा राखिन् ।

    प्राधिकरणका अनुसार बाढीमा ९८७ जनाको शव फेला परेको छ भने ३ हजार ९१६ जना सम्पर्कविहीन छन् ।

    ११ हजार ८१४ जनाको उद्धार भइसकेको छ भने २० हजार ८१९ सुरक्षाकर्मी खटिएका छन् ।

    सांसद सुरेशकुमार आलेमगरले सम्पन्न मुलुकले निम्त्याएको जलवायु परिवर्तनका कारण नेपालजस्ता गरीब देशले पीडा भोग्नुपरेको बताउँदै यसतर्फ अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images