काठमाडौं– नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा बहराइनमाथि ७ विकेटको सहज जित हात पारेको छ ।
मलेसियाको वाइएसडी युकेएम ओभलमा सोमबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बहराइन ३६.२ ओभरमा मात्र ८७ रनमा अलआउट भयो ।
कप्तान सन्दीप लामिछानेले १० ओभरमा १४ रन खर्चेर ५ विकेट लिए ।
ललित राजवंशी र करण केसीले क्रमशः ३ र २ विकेट हात पारे ।
जवाफमा ८८ रनको सानो लक्ष्य नेपालले ३ विकेट गुमाउँदै १७।३ ओभरमै पूरा गर्यो ।
अर्जुन कुमाल ३६ र रोहित पौडेल १९ रनमा अविजित रहे ।
नेपालको दोस्रो खेल बिहीबार मलेसियासँग हुनेछ ।
प्रतिक्रिया दिनुहोस्























