images
images
  • बालेनको अधिनायकवादमा ब्रेक लगाउन राष्ट्रिय सभा सक्रिय, गुप्तचर विभाग गृहमै फर्काउने प्रयास

    काठमाडौं– राष्ट्रिय सभा सांसदहरूले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)लाई पुनः गृह मन्त्रालय मातहत राख्न संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

    हाल प्रधानमन्त्री कार्यालय मातहत रहेको विभागलाई ‘नेपाल विशेष सेवा ऐन, २०४२’ मा संशोधन गरी गृह मन्त्रालयमै फर्काउन उनीहरूले माग गरेका हुन् ।

    सांसद भुवन सुनार, मनरुपा शर्मा, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, रेनु चन्द, श्रीकृष्ण अधिकारी र घनश्याम रिजालले संशोधन दर्ता गराएका हुन् ।

    त्यस्तै, सांसद मदनकुमारी शाहले आन्तरिक र बाह्य सुरक्षाको अधिकार स्पष्ट गर्नुपर्ने भन्दै गृह मन्त्रालय मातहतै राख्नुपर्ने प्रस्ताव राखेकी छन् ।

    यसअघि प्रतिनिधिसभाले सो प्रस्ताव अस्वीकृत गरेको थियो ।

    तर, राष्ट्रिय सभामा भने पुनरावलोकनको माग बलियो बनेको हो ।

    विभाग पटक–पटक गृह र प्रधानमन्त्री कार्यालयबीच सारिँदै आएको छ ।

    पछिल्लो पटक प्रधानमन्त्री बालेन्द्र शाहले कार्य विभाजन नियमावलीमार्फत प्रधानमन्त्री मातहत ल्याएका थिए ।

    अहिले सोही व्यवस्थालाई कानुनी रूप दिन ल्याइएको विधेयकमाथि राष्ट्रिय सभामा बहस भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images