images
images
  • सर्वदलीय बैठकले के–के गर्‍यो निर्णय ? (निर्णयसहित)

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको आह्वानमा सिंहदरबारमा बसेको सर्वदलीय बैठकले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा राजनीतिक प्रतिस्पर्धाभन्दा सहकार्यलाई प्राथमिकता दिन आह्वान गरेको छ ।

    बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै सबै राजनीतिक दल तथा नागरिकलाई उद्धार र राहतमा सक्रिय हुन आग्रह गरेको छ ।

    विपद्का नाममा गरिने आर्थिक सहयोग पारदर्शी बनाउन सरकारी आधिकारिक कोष वा खातामार्फत मात्र सहयोग गर्न पनि अपिल गरिएको छ ।

    बैठकले सामाजिक सञ्जालमा भ्रामक सूचना र अतिरञ्जित सामग्री नफैलाउन तथा आधिकारिक स्रोतबाट प्रमाणित सूचना मात्र सम्प्रेषण गर्न सञ्चारमाध्यम र नागरिकलाई आग्रह गरेको छ ।

    त्यस्तै, जोखिमपूर्ण हिमतालको वैज्ञानिक अध्ययन तथा नक्साङ्कन, चीनसँग सीमापार हिमतालको जोखिम न्यूनीकरणका लागि सहकार्य र प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्न सरकारलाई सुझाव दिइएको छ ।

    महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको उद्धार र राहतमा प्राथमिकता दिन पनि आग्रह गरिएको छ ।

    दीर्घकालीन समाधानका लागि बैठकले उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गरेको छ ।

    बैठकमा रवि लामिछाने, गगनकुमार थापा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शङ्कर पोखरेल, राजेन्द्र लिङ्देन, उपेन्द्र यादवलगायत विभिन्न दलका नेताहरू सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images