images
images
  • तिब्बतको ताल फुट्दा भोटेकोशीमाआएको विनाशकारी बाढीले ठूलो क्षति, २ करोड घनमिटर अतिरिक्त पानी बग्यो

    काठमाडौं-तिब्बततर्फ नदी थुनिएर बनेको ताल फुटेपछि भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको विनाशकारी बाढीले ठूलो क्षति पुर्‍याएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाको प्राविधिक प्रतिवेदनअनुसार बाढीका क्रममा देवघाटबाट मात्रै करिब २ करोड घनमिटर अतिरिक्त पानी बगेको प्रारम्भिक अनुमान गरिएको छ।

    बाढीको तीव्र बहावका कारण नदी तटीय क्षेत्रमा रहेका चार वटा स्वचालित जलमापन केन्द्रसमेत बगेका छन्। रसुवाको भोटेकोशी र स्याफ्रुबेँसी, नुवाकोटको बेत्रावती तथा धादिङको मलेखु (फुर्के) जलमापन केन्द्र बाढीले पुलसहित बगाएको प्रतिवेदनमा उल्लेख छ। जलमापन केन्द्रहरू नै बगाएपछि बाढीको वास्तविक जलसतह र बहावसम्बन्धी प्रत्यक्ष तथ्यांक संकलनमा समेत समस्या भएको महाशाखाले जनाएको छ।

    ८ः३७ बजेको भूकम्प, त्यसपछि भोटेकोशीमा बाढी

    nuwakot badi2026 08 26 03 47 38 e1787748636136प्रतिवेदनअनुसार बुधबार बिहान ८ः३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प मापन भएको थियो। खानी तथा भूगर्भ विभागले भूकम्प रेकर्ड गरेको केही समयपछि तिब्बततर्फबाट भोटेकोशीमा असामान्य रूपमा ठूलो बाढी प्रवेश गरेको सूचना प्राप्त भएको थियो।

    बिहान ८ः५० बजे स्याफ्रुबेँसी जलमापन केन्द्रबाट तथ्यांक आउन बन्द भएको थियो। केन्द्रमा बिहान ८ः४० बजे अन्तिमपटक १।६२ मिटर जलसतह मापन भएको थियो। उक्त केन्द्रको चेतावनी तह ६ मिटर र खतरा तह ७ मिटर रहेको प्रतिवेदनमा उल्लेख छ। त्यसको करिब १० मिनेटपछि बिहान ९ बजे, जिल्ला प्रशासन कार्यालय रसुवा र बेत्रावती जलमापन केन्द्रका कर्मचारीमार्फत तिब्बततर्फबाट भोटेकोशीमा ठूलो बाढी प्रवेश गरेको सूचना महाशाखामा पुगेको थियो।

    ३३ सूचना पाएलगत्तै एसएमएसबाट चेतावनी

    बाढीको सूचना प्राप्त भएपछि बाढी पूर्वानुमान महाशाखाले बिहान ९ः१५ बजेदेखि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउन थालेको थियो। नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा रसुवा, नुवाकोट, धादिङ र चितवनका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई कुल ६ लाख ७९ हजार २ सय ९५ वटा पूर्वसूचना एसएमएस पठाइएको प्रतिवेदनमा उल्लेख छ।

    त्यसमध्ये नेपाल टेलिकमबाट ४ लाख ३५ हजार ६ सय ३५ र एनसेलबाट २ लाख ४३ हजार ६ सय ६० वटा एसएमएस पठाइएको थियो। महाशाखाले समयमै सूचना प्रवाह गरिएका कारण धेरै नागरिकलाई सुरक्षित स्थानतर्फ जान सहयोग पुगेको जनाएको छ।

    केही घण्टामै मलेखुदेखि देवघाटसम्म पुग्यो बाढी

    भोटेकोशीमा प्रवेश गरेको बाढी केही घण्टामै त्रिशूली हुँदै नारायणी–देवघाटसम्म पुगेको थियो।

    rasuwa badhi८ः३७ बजे.-४.४ रेक्टर स्केलको भूकम्प मापन।
    ८ः५० बजे– स्याफ्रुबेँसी जलमापन केन्द्रबाट तथ्यांक आउन बन्द।
    ९ः०० बजे– तिब्बततर्फबाट भोटेकोशीमा ठूलो बाढी प्रवेश गरेको सूचना।
    ९ः१५–९ः१६ बजे-त्रिशूली तटीय क्षेत्रका बासिन्दालाई पहिलो चरणको पूर्वसूचना र एसएमएस।
    ९ः२० बजे-बेत्रावती जलमापन केन्द्रबाट तथ्यांक आउन बन्द।
    १०ः२८ बजे-बाढी धादिङको गल्छी आसपास पुगेको सूचना।
    ११ः२६ बजे-मलेखुको फुर्केखोला जलमापन केन्द्रमा जलसतह चेतावनी तहभन्दा माथि।
    ११ः४३ बजे-जलसतहले खतरा तह पार गर्‍यो र केही समयमै केन्द्र पुलसहित बग्यो।
    ११ः५० बजे-बाढी मलेखु बजार आसपास पुग्यो।
    १३ः०० बजे-बाढीले मुग्लिन पार गर्‍यो।
    १३ः३५ बजे-तिब्बततर्फ नदी थुनिएर बनेको ताल पूर्ण रूपमा नखुलेको भन्दै पुनः जोखिमको सूचना।
    १४ः१४ बजे-कालीखोला जलमापन केन्द्रमा जलसतह १२।१ मिटरको खतरा तह पार गर्दै १२।३ मिटर पुग्यो।
    १५ः२० बजे-बाढी नारायणी–देवघाट क्षेत्रमा पुग्यो।
    १६ः०० बजे-देवघाटमा जलसतह ६।५७ मिटरको उच्चतम बिन्दुमा पुग्यो।
    १८ः३० बजे-देवघाटमा बहाव करिब ४ मिटरमा झर्‍यो।

    ३३ चार जलमापन केन्द्र ध्वस्त

    canva2 4 2बाढीको असाधारण वेगका कारण महाशाखाअन्तर्गतका चार वटा जलमापन केन्द्रमा ठूलो क्षति पुगेको छ।रसुवा भोटेकोशी, रसुवा स्याफ्रुबेँसी, नुवाकोट बेत्रावती र धादिङ मलेखु -(फुर्के) जलमापन केन्द्र बाढीले बगाएको हो।

    विशेषगरी फुर्केखोला जलमापन केन्द्रमा जलसतह खतरा तहभन्दा माथि पुगेपछि केन्द्र नै पुलसहित बगेको थियो। केन्द्रहरू बगेसँगै ती स्थानको प्रत्यक्ष जलसतह र बहावको तथ्यांक संकलन गर्न नसकिएको प्रतिवेदनले जनाएको छ।

    ३३ देवघाटबाट २ करोड घनमिटर अतिरिक्त बहाव

    canva2 1 4बाढीको परिमाण अनुमान गर्दा देवघाट महत्वपूर्ण बिन्दु बनेको छ। प्राविधिक आँकलनअनुसार बाढीको अवधिमा देवघाटबाट मात्रै (करिब २ करोड घनमिटर अतिरिक्त पानी) बगेको देखिएको छ।

    यसले भोटेकोशीबाट सुरु भएको असामान्य बाढी त्रिशूली हुँदै नारायणीसम्म पुग्दा नदी प्रणालीमा थपिएको पानीको परिमाण निकै ठूलो क्षेति पुर्याएको थियो ।

    ३३ रसुवागढीदेखि नेपाल–भारत सीमासम्म जोखिम

    महाशाखाले बाढीको प्रभावलाई मध्यनजर गर्दै रसुवागढी नाकादेखि नेपाल–भारत सीमासम्मको नदी तटीय क्षेत्रलाई जोखिमका आधारमा वर्गीकरण गरेको छ। उक्त क्षेत्रमा अति उच्च जोखिम, उच्च जोखिम र मध्यम जोखिम क्षेत्र पहिचान गरी नदी तटीय बस्तीमा सतर्कता अपनाउन निर्देशन दिइएको प्रतिवेदनमा उल्लेख छ।

    यस घटनाले हिमाली क्षेत्रमा नदी थुनिएर बनेका ताल फुट्दा त्यसको प्रभाव केही घण्टामै सयौँ किलोमिटर तलसम्म पुग्न सक्ने जोखिम पुनः उजागर गरेको छ। साथै, यस्ता घटनामा जलमापन केन्द्र, पूर्वसूचना प्रणाली र मोबाइल एसएमएस चेतावनीलाई थप प्रभावकारी बनाउनु आवश्यक देखिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images