काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई–२ फुल विद्युतीय एसयूभी ३५ लाख ९९ हजार रुपैयाँको विशेष प्रारम्भिक मूल्यमा सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार यो विशेष मूल्य नाडा अटो शोको समापनसम्म मात्र कायम रहनेछ। त्यसपछि भिगो ई–२ को नियमित मूल्य ३७ लाख ९९ हजार रुपैयाँ हुनेछ।
थप सुविधा र प्रिमियम विशेषता चाहने ग्राहकका लागि कम्पनीले भिगो ई–२ प्लस पनि सार्वजनिक गरेको छ। ई–२ भन्दा थप ८ लाख रुपैयाँ मूल्य पर्ने ई–२ प्लसमा मुनरुफ र आर १८ टायर उपलब्ध छन्।
कम्पनीले भिगो ई–२ लाई नेपाली बजारमा फुल विद्युतीय एसयूभीको अनुभव थप ग्राहकको पहुँचमा पुर्याउने उद्देश्यसहित ल्याएको जनाएको छ। सहरको दैनिक आवतजावतदेखि पारिवारिक यात्रा र लामो दूरीका यात्रालाई लक्षित गरी गाडी तयार गरिएको कम्पनीको भनाइ छ।
३५० किलोमिटरसम्मको यात्रा
भिगो ई–२ मा ५१।८७ किलोवाट घण्टा क्षमताको ब्याट्री र ९९ किलोवाटको विद्युतीय मोटर जडान गरिएको छ। कम्पनीका अनुसार यसले डब्लूएलटीपी मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा ३५० किलोमिटरसम्म यात्रा गर्न सक्छ।
गाडीमा १९० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेको छ भने १६७ किलोवाटसम्मको द्रुत विद्युतीय चार्जिङ सुविधा उपलब्ध छ।
५७२ लिटरको बुट स्पेस
भिगो ई–२ मा पाँच जना सहज रूपमा बस्न मिल्ने फराकिलो क्याबिन रहेको कम्पनीले जनाएको छ। यसको २ हजार ७१५ मिलिमिटरको ह्विलबेसले यात्रुलाई पर्याप्त लेगरुम, हेडरुम र सोल्डररुम उपलब्ध गराउँछ।
गाडीमा ५७२ लिटरको बुट स्पेस रहेकाले पारिवारिक यात्राका लागि आवश्यक सामान राख्न पर्याप्त ठाउँ उपलब्ध हुने कम्पनीको दाबी छ।
आराम र सुरक्षामा पनि जोड
भिगो ई–२ मा हिटेड तथा भेन्टिलेटेड सिट, मेमोरी सिट, बाहिरी स्पिकर, ‘हेभन एन्ड अर्थ टेलगेट’ तथा कृत्रिम बुद्धिमत्तामा आधारित चालक सहायता प्रणालीलगायत सुविधा उपलब्ध छन्।
कम्पनीले यी सुविधाले यात्रालाई थप आरामदायी, सुविधाजनक र सुरक्षित बनाउने जनाएको छ।
एमएडब्लू वृद्धि समूहका अध्यक्ष विष्णुकुमार अग्रवालले संशोधित मूल्यले नयाँ राष्ट्रिय बजेटको सकारात्मक प्रभाव प्रतिबिम्बित गरेको बताउनुभयो।
उहाँका अनुसार आवश्यक विशेषता छनोट गरी भिगोको आकार, क्षमता र उपयोगितालाई कायम राख्दै फुल एसयूभीको अनुभव थप नेपाली ग्राहकको पहुँचमा पुर्याउने प्रयास गरिएको छ।
कम्पनीका अनुसार नेपालभर हाल २ हजारभन्दा बढी नामी गाडी सञ्चालनमा छन्। भिगोले मनाङ, मुस्ताङ, शुक्लाफाँटा र सल्लेरीलगायत विभिन्न भौगोलिक क्षेत्रमा समेत आफ्नो क्षमता प्रदर्शन गरिसकेको कम्पनीको दाबी छ।
ग्राहकले शोरुम तथा नाडा अटो शोमा रहेको नामीको प्रदर्शनी कक्षबाट भिगो ई–२ अवलोकन तथा परीक्षण गर्न सक्नेछन्। नाडा अटो शोको अवधिभर ३५ लाख ९९ हजार रुपैयाँको विशेष मूल्यमा बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ।


विश्व खबर 




















