images
images
  • पाकिस्तानी टिकटक स्टार आयशा गिलामानाको गोली हानी हत्या

    काठमाडौं– पाकिस्तानकी चर्चित टिकटक स्टार शम्सु बिबी उर्फ आयशा गिलामानाको इस्लामाबादनजिकै ट्याक्सिला क्षेत्रमा गोली हानी हत्या गरिएको छ ।

    अगस्ट १४ मा मोटरसाइकलमा आएका दुई अज्ञात बन्दुकधारीले आयशा सवार कारमाथि गोली चलाउँदा उनको घाँटीमा गोली लागेको थियो ।

    उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गोली लागेपछि कार दुर्घटनामा पर्दा उनकी १५ वर्षीया बहिनी असीमा पनि गम्भीर घाइते भएकी छन् ।

    आयशाका बुबाका अनुसार उनीसँग आर्थिक कारोबार रहेका केही व्यक्तिले पैसा फिर्ता मागेपछि ज्यान मार्ने धम्की दिएका थिए ।

    उनले केही व्यक्तिमाथि आशङ्का गर्दै प्रहरीमा उजुरी दिएका छन् ।

    प्रहरीले हत्या तथा हत्या प्रयाससम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ ।

    आयशाका टिकटकमा १३ लाखभन्दा बढी फलोअर्स रहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images