images
images
  • रूसमा युक्रेनद्वारा भयानक आक्रमण : ७ जनाको मृत्यु, ३९ घाइते

    काठमाडौं– रूसले युक्रेनले यस वर्षकै सबैभन्दा ठूलो ड्रोन हमला गरेको दाबी गरेको छ ।

    रूसी रक्षा मन्त्रालयका अनुसार रातभर करिब ८२२ ड्रोन नष्ट वा अवरोध गरिएको छ, जसमध्ये करिब ६०० वटा मस्को र आसपासका क्षेत्रतर्फ लक्षित थिए ।

    रूसी अधिकारीहरूका अनुसार हमलामा देशभर कम्तीमा ६–७ जनाको मृत्यु भएको छ ।

    रोस्तोभ क्षेत्रमा पाँच, बेलगोरोदमा एक र मस्को क्षेत्रमा एक जनाको मृत्यु भएको बताइएको छ ।

    मस्को नजिकै ‘वाइल्डबेरिज’को लजिस्टिक्स गोदाममा ड्रोन प्रहारपछि ठूलो आगलागी भएको छ ।

    यता, रूसले युक्रेनमा गरेको जवाफी ड्रोन तथा क्षेप्यास्त्र हमलामा पनि कम्तीमा पाँचदेखि सात जनाको मृत्यु र ३९ जनाभन्दा बढी घाइते भएको जनाइएको छ ।

    पछिल्ला दिनमा रूस–युक्रेनबीच हवाई हमला थप तीव्र बन्दै गएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images