काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने छ । बैठकमा एकता प्रयास र समसामयिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
यसअघि हिजो बस्ने भनिएको स्थायी कमिटी बैठक विघटित कार्यदलका सदस्यहरूको आग्रहमा स्थगित भएको थियो । कार्यदलका सदस्यहरुले १० बुँदे सहमतिको कार्यान्वयनका लागि थप छलफल पछि बैठक राख्न आग्रह गरेपछि बैठक स्थगित गरिएको थियो ।
कार्यदलमा दुई अध्यक्ष राख्ने गरी छलफल अगाडि बढेको बताइएको छ । दुई अध्यक्षका विषयमा भने अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु सकारात्मक देखिएका छैनन् । दोस्रो तहका नेता जसरी पनि पार्टीलाई एक गराउनुपर्ने पक्षमा देखिदा अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल भने एक अर्कामाथि गाली गलौजमा उत्रिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्