images
images
  • रूसी ड्रोन रोमानियाको एफ–१६ फाइटर विमानले खसाल्यो

    काठमाडौं– नेटोको हवाई निगरानीमा खटिएको स्पेनी एफ–१८ लडाकु विमानले रोमानियाको हवाई क्षेत्रमा प्रवेश गरेको एउटा ड्रोन खसालेको छ ।

    रोमानियाको रक्षा मन्त्रालयका अनुसार यो वर्ष यस्तो चौथो घटना हो ।

    रडारले ड्रोन छिमेकी मोल्डोभाबाट आएको पत्ता लगाएको थियो ।

    ड्रोन दक्षिण–पूर्वी सहर गालातीबाट करिब २४ किलोमिटर उत्तरतर्फबाट प्रवेश गरेको थियो ।

    यसको टुक्रा निर्जन क्षेत्रमा खसेकाले कुनै मानवीय क्षति भएन ।

    कुन देशको ड्रोन भन्ने खुलेको छैन ।

    रूस–युक्रेन युद्धपछि रोमानियामा पटक–पटक रूसी ड्रोन प्रवेश गरेका छन् ।

    जुलाईमा एफ–१६ ले तीन रूसी ड्रोन खसालेको थियो भने यसै वर्ष एउटा रूसी ड्रोन आवासीय भवनमा खस्दा दुई जना घाइते भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images