काठमाडौं– अमेरिका–इरान युद्ध सुरु भएको छ महिना पुग्दा ट्रम्प प्रशासनले सुरुका कडा लक्ष्यहरू फितलो पार्दै लगेको देखिन्छ ।
सुरूमा अमेरिकाले इरानको पूर्ण आत्मसमर्पण, शासन परिवर्तन, आणविक हतियार रोक्ने र हिजबुल्लाहजस्ता समूहलाई दिने सहयोग अन्त्य गर्ने लक्ष्य राखेको थियो ।
तर, पछिल्लो समय उपराष्ट्रपति जेडी भान्सले दुई मुख्य लक्ष्य मात्र सार्वजनिक गरेका छन्, विश्व बजारमा तेल तथा ग्यासको आपूर्ति सुनिश्चित गरी मूल्य स्थिर राख्नु र इरानलाई आणविक हतियार बनाउन दिनुहुन्न भन्ने ।
विशेषगरी, भान्सले तेल र ग्यासको मूल्यलाई पहिलो प्राथमिकता भनेका छन्, जुन यसअघि कहिल्यै उल्लेख नभएको विषय हो ।
प्रशासनले पहिले आणविक मुद्दालाई प्रमुखता दिँदै आएको थियो ।
ट्रम्पले आफूले अमेरिकी जनताको आर्थिक पक्षलाई ध्यान नदिएको र पेट्रोलको मूल्य बढे पनि माफी नमाग्ने बताएका थिए ।
तर, अहिले त्यही आर्थिक पक्षलाई जोड दिन थालिएको छ ।
युद्धका लक्ष्य सुरूदेखि नै अस्पष्ट थिए, कहिले चार लक्ष्य, कहिले कम, कहिले नौसेना मात्र त कहिले वायुसेनासमेत छन् ।
तर, कुनै पनि सूचीमा ऊर्जा मूल्य समावेश थिएन ।
अहिले भान्सले त्यसलाई पहिलो लक्ष्य बनाउनुले प्रशासन युद्धअघिकै अवस्थामा फर्किन खोजिरहेको संकेत गर्छ ।
ट्रम्पले इरान आणविक हतियारमुक्त भइसकेको दाबी गरेर थप लचकता देखाएका छन् ।


विश्व खबर 




















