images
images
  • शनिबार राती आएको भीषण बाढीले मेलम्चीमा रहेको रेडियो मेलम्चीको भवन बगायो

    काठमाडौं । शनिबार राती आएको भीषण बाढीले सिन्धुपाल्चोकको मेलम्चीमा रहेको रेडियो मेलम्चीको भवन बगाएको छ ।

    राती १ बजे रेडियो मेलम्चीको भवन बगाएको रेडियोका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिनुभयो । ‘भवन थियो अहिले त नामो निसान केही छैन्’ डम्बरले भन्नुभयो’ ‘हेर्दाहेर्दै राति १ बजे भवन बगाएर लग्यो ।’ उहाँको अनुसार खोलाले किउलका तीनवटा घर बगाएको छ ।

    रेडियो मेलम्चीको भवन हुँदै पछिले समय खोला बग्ने गर्दथ्यो । मेलम्चीका बस्तीहरु भने हालसम्म सुरक्षित छ । पुरानो बजारमा सफा गरिरहेका केही घरमा पुन लेदो बसेको पनि अध्यक्ष भारतीले जानकारी दिनुभयो ।

    यसअघि असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबेपनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन ।

    प्रतिक्रिया दिनुहोस्

    images