images
images
  • उत्तर कोरिया र रूसबीच थप सम्बन्ध बलियो बन्नेमा किम आशावादी छन् किन ?

    काठमाडौं– उत्तर कोरियाली नेता किम जोङ–उनले रूससँगको सम्बन्धको भविष्यप्रति आफू आशावादी रहेको बताए ।

    दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गर्न पाउनुमा आफूलाई गर्व लागेको उनले बताएका छन् ।

    आधिकारिक कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए)का अनुसार, कोरियाली ‘मुक्ति दिवस’को ८१औँ वार्षिकोत्सवका अवसरमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पठाएको शुभकामना सन्देशको जवाफ दिँदै किमले शनिबार यस्तो धारणा व्यक्त गरेका हुन् ।

    किमले पुटिनको नेतृत्वमा रूसी सेना र जनताले आफ्नो सार्वभौमिकता, सुरक्षाहित तथा क्षेत्रीय अखण्डताको रक्षा गर्दै शक्तिशाली रूस निर्माणको लक्ष्य पूरा गर्ने विश्वास व्यक्त गरेका छन् ।

    उनले रूसी राष्ट्रपतिको कार्यकालमा थप सफलताको कामनासमेत गरे ।

    उत्तर कोरियाले सन् १९४५ अगस्त १५ मा जापानी औपनिवेशिक शासनबाट कोरियाली प्रायद्वीप मुक्त भएको दिनको सम्झनामा हरेक वर्ष अगस्त १५ लाई ‘मुक्ति दिवस’का रूपमा मनाउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images