images
images
  • इरानले भन्यो– अमेरिकासँग शान्ति वार्ताका लागि कुनै निर्णय भएको छैन

    काठमाडौं– इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँग वार्ता पुनः सुरु गर्ने विषयमा इरानले अहिलेसम्म कुनै निर्णय नगरेको बताएका छन् ।

    सरकारी समाचार संस्था आइआरआइबीका अनुसार शनिबार एक अन्तर्वार्तामा अराघचीले कतार र पाकिस्तानजस्ता मध्यस्थकर्तामार्फत इरान र अमेरिकाबीच सन्देश आदानप्रदान भइरहेको जानकारी दिए ।

    तर, यस्तो सन्देश आदानप्रदानलाई वार्ता पुनः सुरु भएको अर्थमा लिन नहुने उनले स्पष्ट पारे ।

    गत जुनमा दुई देशबीच युद्ध अन्त्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको स्मरण गर्दै अराघचीले अमेरिकाले उक्त समझदारी उल्लङ्घन गरेपछि पुनः द्वन्द्व सुरु भएको आरोप लगाए ।

    यसैबीच, ‘स्टे«ट अफ होर्मुज’हुँदै पानीजहाजको सुरक्षित आवतजावतका लागि इरान र ओमानबीच नयाँ मार्ग निर्धारण गर्न वार्ता भइरहेको उनले बताए ।

    ‘हामी अहिले एउटा अस्थायी मार्गको खाका तयार गर्दैछौँ, जुन आगामी चरणमा स्थायी मार्गमा परिणत हुनेछ,’ उनले भने ।

    होर्मुज पुनः सञ्चालनमा आउने विषय अन्य सर्तहरूको पालनामा निर्भर रहेको बताउँदै उनले त्यसका लागि अमेरिका ती सर्तप्रति प्रतिबद्ध हुनुपर्ने उल्लेख गरे ।

    ‘हामी चाँडै नै कुनै निष्कर्षमा पुग्न सक्छौँ,’ अराघचीले भने ।

    गत जुन १८ मा इरान र अमेरिकाले लेबनानसहित यस क्षेत्रका सबै मोर्चामा युद्ध अन्त्य गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

    समझदारीअनुसार अन्तिम सम्झौताका लागि दुई देशबीच ६० दिनभित्र वार्ता हुनुपर्ने थियो ।

    उक्त समयसीमा आगामी सोमबार सकिँदैछ ।

    तर, गत महिना दुई देशबीच तनाव बढेपछि वार्ताको भविष्य अनिश्चित बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images