images
images
  • इरान अमेरिका र इजरायलसँग सन् २०२९ सम्म युद्ध लड्ने तयारीमा

    तेहरान– अमेरिका–इरान युद्ध पाँच महिना बितिसकेको छ ।

    आईआरजीसीका वरिष्ठ जनरल मोहम्मद रजा नक्दीले यो युद्ध सन् २०२९ जनवरीसम्म पनि जारी रहन सक्ने बताएका छन् ।

    उनका अनुसार इरानले आफ्नो सुरक्षा र भविष्यका आक्रमण रोक्न यस्तो रणनीति अपनाउन सक्छ, जसले अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यकाल सकिँदासम्म अमेरिकालाई ठूलो क्षति पुर्याउनेछ ।

    यसैबीच, अमेरिकाले युद्धमा ४५ वटा एमक्यू–९ रिपर ड्रोन गुमाएको दाबी गरिएको छ, जसको कुल क्षति १।३ अर्ब डलरभन्दा बढी रहेको बताइएको छ ।

    गाजामा शान्ति प्रयास जारी छ ।

    ट्रम्पका ज्वाइँ जेरेड कुशनरको नेतृत्वमा इजरायल र इजिप्ट भ्रमण गरी युद्ध अन्त्यको योजना अघि सारिँदैछ ।

    प्रस्तावमा हमासलाई निशस्त्रीकरण र इजरायली सेना फिर्ता गर्ने विषय छ ।

    हमास सहमत भए पनि इजरायली प्रधानमन्त्री नेतन्याहूले पूर्ण निशस्त्रीकरण नभएसम्म सेना नहटाउने अडान लिएका छन् ।

    पश्चिम एसियाको सुरक्षा अवस्था अझै तनावपूर्ण बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images