images
images
  • बागलुङमा चक्कु प्रहारबाट एक मजदुरको मृत्यु

    काठमाडौं– काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुरको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार ढोरपाटन नगरपालिका–५ का २५ वर्षीय अर्जुन घर्तीले आपसी विवादका क्रममा चक्कु प्रहार गर्दा ढोरपाटन नगरपालिका–७ का ४० वर्षीय अशोक खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

    घटना मंगलबार राति भएको प्रहरीले जनाएको छ । हत्या अभियोगमा घर्तीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

    प्रहरीले घर्तीलाई थप अनुसन्धानका लागि म्याद थप अनुमतिका निम्ति जिल्ला अदालत बागलुङमा उपस्थित गराएको जनाएको छ ।

    घटनाको कारण र विवादको प्रकृतिबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images