images
images
  • हुरीसँगैको वर्षाले बाँकेमा धानबालीमा क्षति

    काठमाडौं– लगातारको वर्षासँगै शनिबार आएको हुरीले बाँकेका विभिन्न क्षेत्रमा धानबालीमा क्षति पुर्‍याएको छ । हुरीका कारण खेतमा पाक्न लागेको तथा बढ्दो अवस्थामा रहेको धान ढलेको किसानहरूले बताएका छन् ।

    नेपालगञ्ज–१९ मन्निपुरका किसान हेमराज काँदुका अनुसार हुरीका कारण अधिकांश खेतमा धान ढलेको छ । खेतमा धान ढलेपछि उत्पादनमा असर पर्ने चिन्ता किसानमा बढेको उनले बताए ।

    त्यस्तै, डुडुवा गाउँपालिका–५ का किसान सुजन थापाको खेतमा समेत हुरीका कारण धानबाली ढलेको छ ।

    कृषि ज्ञान केन्द्रका अनुसार बाँकेमा यस वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएको छ। केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले हुरी र वर्षाका कारण भएको क्षतिको पूर्ण विवरण भने सङ्कलन भइनसकेको जानकारी दिए ।

    क्षतिको विवरण सङ्कलनपछि मात्रै हुरीका कारण धान उत्पादनमा परेको वास्तविक असरबारे यकिन गर्न सकिने केन्द्रले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images