images
images
  • इरान समर्थित हुथी विद्रोहीद्वारा साउदी जहाजमा आक्रमण, बाब अल–मन्देब ठप्प

    काठमाडौं– यमनका हुथी विद्रोहीले बाब अल–मन्देब जलमार्गमा साउदी अरेबियासँग सम्बन्धित ‘तिहामा’ नामक जहाजमा क्षेप्यास्त्र प्रहार गर्दा चार चालक दलका सदस्यको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा तीन पाकिस्तानी र एक इन्डोनेसियाली नागरिक रहेका छन् ।

    तन्जानियाको झण्डा बोकेको उक्त जहाज ओमानको सलालाह बन्दरगाहबाट जिबुटीतर्फ जाँदै थियो ।

    जुलाई २० देखि हुथी विद्रोहीहरूले साउदी जहाजहरूमाथि नाकाबन्दी सुरु गरेका छन् र त्यसयता लाल सागरमा आठवटा जहाजलाई निशाना बनाइसकेका छन् ।

    रोयटर्सका अनुसार साउदी जहाजमाथि हुथी आक्रमणमा मृत्यु भएको यो पहिलो घटना हो ।

    लगातारका आक्रमणका कारण लाल सागर र स्वेज नहरमार्गमा जहाज आवतजावत घटेको छ र साउदी अरेबियाको तेल निर्यातमा समेत असर परेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images