काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृङ्खलामा रहेको विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा हिमपहिरो जाँदा नेपाली मूलका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन भएको छ ।
पाकिस्तानी पर्वतारोहण अधिकारीहरूका अनुसार बिहीबार मध्यान्ह करिब ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरो गएको थियो । त्यसयता उक्त टोलीसँग कुनै सम्पर्क हुन नसकेको जनाइएको छ । टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र पाँच नेपालीसहित विभिन्न देशका आरोही सहभागी रहेको बताइएको छ ।
टोलीका नेता निर्मल पुर्जा सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान बनाएका पर्वतारोहीका रूपमा परिचित छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















