images
images
  • डिसेम्बरमा बंगलादेश फर्किने हसिनाको घोषणा, मृत्युदण्डको सजाय कार्यान्वयन के हुन्छ ?

    काठमाडौं– बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेकी छिन् ।

    बुधबार साँझ भारतबाटै अडिओ माध्यमबाट गरिएको पत्रकार सम्मेलनमा हसिनाले बंगलादेश फर्कने घोषणा गरेकी हुन् । तारिख र समय भने अरू कुनै दिन जानकारी दिने हसिनाले बताइन् ।

    यसअघि आफू कयौँपटक गिरफ्तारीमा परिसकेको चर्चा गर्दै उनले अब हुने गिरफ्तारीसँग कुनै डर नभएको उल्लेख गरेकी छिन् । लोकतन्त्र र धर्मनिरपेक्ष व्यवस्थाप्रतिको भरोसाका कारण आफू स्वदेश फर्किन लागेको उनले स्पष्ट गरेकी छिन् ।

    बंगलादेशमा १५ वर्षदेखि एकछत्र सत्ता चलाएकी हसिना सन् २०२४ जुलाई–अगस्टमा भएको विद्यार्थी विद्रोहपछि देश छोडेर भारत भागेकी थिइन् । सो विद्रोहका दौरान हिंसात्मक दमन गरेको भन्दै हसिनालाई मानवता विरूद्धको अपराधको अभियोग लगाइएको थियो । उक्त अभियोगमा उनलाई त्यहाँको विशेष न्यायाधीकरणले मृत्युदण्डको सजाय सुनाइएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images