images
images
  • होर्मुज खुल्ने सम्भावना बढेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

    काठमाडौं– अमेरिका र इरानबीच होर्मुज जलडमरूमध्य पुन: सञ्चालन गर्ने विषयमा वार्ता सकारात्मक दिशातर्फ अघि बढेको सङ्केतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन सातायताकै न्यून स्तरमा झरेको छ ।

    विश्व बजारको प्रमुख मापदण्ड ब्रेन्ट कच्चा तेलको मूल्य करिब पाँच प्रतिशतले घटेर प्रतिव्यारेल ८० अमेरिकी डलरभन्दा तल पुगेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट कच्चा तेल पनि पाँच प्रतिशतभन्दा बढी घटेर करिब ७६ अमेरिकी डलरमा कारोबार भएको छ ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अर्थमन्त्री स्कट बेसेन्टले होर्मुज जलडमरूमध्यमार्फत जहाज आवागमन पुन: सुरु गर्ने विषयमा भएको छलफलमा प्रगति भएको बताएका छन् । उनीहरूका अनुसार आवश्यक सहमति भएमा यसै साताभित्र जलमार्ग खुल्न सक्ने सम्भावना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images