images
images
  • उडिरहेको दुई हेलिकोप्टर आपसमा ठोक्किँदा दुई जनाको ज्यान गयो

    काठमाडौं– ग्रीसमा डढेलो नियन्त्रण गर्ने क्रममा दुई वटा हेलिकोप्टर आकाशमै एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा डेनमार्कका एक हेलिकोप्टर चालक र ग्रीसको अग्नि नियन्त्रण सेवाका सम्पर्क अधिकृत रहेका छन् । अर्को हेलिकोप्टरमा रहेका बेलायती चालक र एक ग्रीक समन्वय अधिकारी भने सामान्य घाइतेसहित बाँच्न सफल भएका छन् ।

    राजधानी एथेन्सबाट करिब ६५ किलोमिटर पश्चिममा आइतबार भएको दुर्घटनामा एउटा हेलिकोप्टर अर्को हेलिकोप्टरको पंखामा ठोक्किएपछि आगो लागेको थियो ।

    त्यसपछि एउटा हेलिकोप्टर भीरमा खसेको थियो भने अर्कोले आपत्कालीन अवतरण गरेको ग्रीसको अग्नि नियन्त्रण सेवाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images