images
images
  • स्पेसएक्सको रकेटको एक भाग चन्द्रमामा ठोक्कियो, पृथ्वीमा के असर पर्छ ?

    काठमाडौं– स्पेसएक्सको फाल्कन–९ रकेटको माथिल्लो भाग बुधबार चन्द्रमाको आइन्स्टाइन विवर नजिक ठोक्किएको छ ।

    करिब ४ हजार ५ सय किलोग्राम तौल र १२ मिटर लम्बाइ रहेको यो भाग नेपाली समयअनुसार अिजो दिउँसो करिब १२:२५ बजे चन्द्रमामा ठोक्किएको हो ।

    यद्यपि, वैज्ञानिकहरूले यसको विस्तृत विवरण सार्वजनिक हुन समय लाग्ने बताएका छन् । यो रकेटको भाग सन् २०२५ जनवरी १५ मा प्रक्षेपण गरिएको थियो ।

    44483a20 909f 11f1 b2ab 0dd01740f9f6.jpg

    त्यसबेला यसले फायरफ्लाई एयरोस्पेसको ‘ब्लु घोस्ट–१’ र आइस्पेसको ‘हाकुटो–आर मिसन–२’ चन्द्र अवतरण यानलाई चन्द्रमातर्फ पठाएको थियो । आफ्नो मुख्य काम पूरा गरेपछि रकेटको माथिल्लो भाग करिब १९ महिनादेखि अन्तरीक्षमा पृथ्वी र चन्द्रमाबीच घुमिरहेको थियो ।

    वैज्ञानिकहरूका अनुसार पृथ्वी, चन्द्रमा र सूर्यको गुरुत्वाकर्षण तथा सूर्यको विकिरणको हल्का दबाबका कारण यसको मार्ग बिस्तारै परिवर्तन हुँदै गएको थियो । अन्तत: यही परिवर्तनले रकेटको भागलाई चन्द्रमासँग ठोक्किने मार्गमा पुर्‍याएको हो ।

    अमेरिकी अन्तरीक्ष निकाय नासाले यस घटनाबाट पृथ्वीलाई कुनै खतरा नरहेको स्पष्ट पारेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images