काठमाडौं– पुरुष सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ ।
प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो ।
यसअघि हिजो भएको पहिलो खेलमा नेपाल काजकिस्तानसँग ३–२ कै सेटमा पराजित भएको थियो ।
पकिस्तानको इस्लामावादस्थित लियाकत व्यायाम शालामा आज भएको उक्त प्रतियोगितामा श्रीलंकासँग नेपाल ३–२ को सेटमा पराजित भएको हो ।
श्रीलंकाले आज पहिलो सेटमा २५–१८ को जित निकालेको थियो ।
त्यसपछि खेलको लगातार दुई सेट नेपालले आफ्नो पक्षमा पारयो ।
नेपाले दोस्रो सेट २५–२१ अंक र तेस्रो सेट २५–१९ अंकले जित्यो ।
श्रीलंकाले चौथो सेट २५–२१ अंकले आफनो पक्षमा पा¥यो ।
अन्तिम सेट पनि श्रीलंकाले १५–११ ले हराउदै जित हासिल गर्यो ।
अब नेपालले आफ्नो तेस्रो खेलमा शुक्रबार आयोजक पाकिस्तानसँग खेल्नेछ ।
सिंगल राउन्ड रोविन लिगपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, काजकस्तान, श्रीलंका, बंगलादेश र उज्वेकिस्तान छन् ।


विश्व खबर 



















