काठमाडौं– जापानमा सेप्टेम्बरमा हुने एसियन गेम्सको पुरुष क्रिकेट प्रतियोगितामा नेपाल समूह चरणमा अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्ने भएको छ।
बिहीबार सार्वजनिक ड्रअनुसार नेपाल समूहमा अफगानिस्तान र जापानसँग परेको हो। अर्को समूहमा हङकङ, मलेसिया र ओमान छन्।
दुवै समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन्। भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले भने सिधै क्वार्टरफाइनलमा स्थान बनाएका छन्।
नेपालले यसअघि छनोट चरण पार गर्दै एसियन गेम्समा स्थान सुरक्षित गरेको थियो। क्रिकेट प्रतियोगिता सेप्टेम्बर २४ देखि जापानको आइचीमा सुरु हुनेछ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















