images
images
  • अर्को फिफा विश्वकप इरानी आक्रमणको दायरामा परेको देशमा

    काठमाडौं– फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०३० इतिहासकै अनौठो ढाँचामा आयोजना हुँदैछ ।

    प्रतियोगिता पहिलो पटक तीन महादेशका छ देशमा हुनेछ ।

    शतवार्षिकीको अवसरमा उद्घाटन चरणका तीन खेल उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा खेलाइनेछन् ।

    त्यसपछि प्रतियोगिताका अधिकांश खेल स्पेन, पोर्चुगल र मोरक्कोमा सञ्चालन हुनेछन् ।

    प्रस्तावित तालिका अनुसार प्रतियोगिता जुन ८–९ मा दक्षिण अमेरिकाबाट सुरु भएर जुलाई २१ मा फाइनलसँगै सम्पन्न हुने अपेक्षा गरिएको छ ।

    आयोजक भएकै आधारमा यी छ देश स्वतः विश्वकपमा छनोट भइसकेका छन् भने बाँकी टोलीहरू महादेशीय छनोटमार्फत तय हुनेछन् ।

    हाल प्रतियोगितामा ४८ टोली सहभागी हुने व्यवस्था भए पनि फिफाले भविष्यमा ६४ टोलीसम्म विस्तार गर्ने प्रस्तावबारे अध्ययन र छलफल गरिरहेको जनाएको छ ।

    २०३० को विश्वकपपछि सन् २०३४ को फिफा विश्वकप भने साउदी अरेबियामा आयोजना हुनेछ ।

    यो देशमा अहिले इरानले आक्रमण गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images