images
images
  • सुनको जुत्ता जित्ने पहिलो खेलाडी बने एम्बाप्पे

    काठमाडौं– फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे सन् २०२६ फिफा विश्वकपमा १० गोलसहित सर्वाधिक गोलकर्ता बन्दै लगातार दोस्रो पटक गोल्डेन बुट जित्ने इतिहासका पहिलो खेलाडी बनेका छन् ।

    उनले यसअघि कतार विश्वकप २०२२ मा पनि आठ गोलसहित यही पुरस्कार जितेका थिए ।

    यससँगै एम्बाप्पे पुरुष विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन् ।

    उनका नाम २२ विश्वकप गोल पुगेका छन्, जुन लियोनल मेसीभन्दा एक गोल बढी हो ।

    मेसीले प्रतियोगिता आठ गोलसहित टुंग्याए भने इंग्ल्यान्डका जुड बेलिङम र नर्वेका एर्लिङ हालान्डले समान सात गोल गरे ।

    यता विश्वविजेता स्पेनले व्यक्तिगत पुरस्कारमा वर्चस्व जमायो ।

    कप्तान रोड्रीले गोल्डेन बल, गोलकिपर उनाइ सिमोनले गोल्डेन ग्लोभ र १९ वर्षीय डिफेन्डर पाउ कुबार्सीले उत्कृष्ट युवा खेलाडीको पुरस्कार जिते ।

    मेसीले सिल्भर बल तथा एम्बाप्पेले ब्रन्ज बल प्राप्त गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images