images
images
  • मेसीलाई उछिन्दै एमबाप्पे बने सर्वाधिक गोलकर्ता, सुनको जुत्ता पाउनेमा को पहिलो ?

    काठमाडौं– फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पेले फिफा विश्वकप २०२६ मा गोल्डेन बुट र विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको दौडमा लियोनल मेसीलाई पछि पारेका छन् ।

    तेस्रो स्थानका लागि इंग्ल्यान्डविरुद्धको खेलमा दुई गोल र एक असिस्ट गरेका एमबाप्पेको जारी विश्वकपमा १० गोल र ४ असिस्ट पुगेको छ ।

    फाइनलअघि मेसीको नाममा ८ गोल र ४ असिस्ट छन् ।

    गोल्डेन बुट जित्न अब मेसीले फाइनलमा कम्तीमा दुई गोल गर्नुपर्ने अवस्था बनेको छ ।

    विश्वकप इतिहासमा पनि एमबाप्पे २२ गोलसहित शीर्ष स्थानमा पुगेका छन् भने ६ विश्वकप खेलेका मेसी २१ गोलसहित दोस्रो स्थानमा छन् ।

    एमबाप्पेले भने केवल तीन विश्वकपमै यो उपलब्धि हासिल गरेका हुन् ।

    यता इंग्ल्यान्डका जुड बेलिङ्घमले प्रतियोगितामा सातौं गोल गर्दै एउटै विश्वकप संस्करणमा सर्वाधिक गोल गर्ने पहिलो इंग्लिस खेलाडीको कीर्तिमान पनि बनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images