images
images
  • प्रधानमन्त्री बालेन ४ दिन संसद्‌मा : ३ पटक विवादमा

    काठमाडौं– प्रतिनिधिसभाको चालु बजेट अधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) चारदिन मात्र संसद्मा उपस्थित भएका छन् ।

    तीमध्ये तीन दिन उनको गतिविधि विवादको विषय बनेको छ ।

    वैशाख २८ मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री शाह बीचमै बैठक छाडेर बाहिरिएका थिए ।

    औपचारिक पोसाक नलगाएको र राष्ट्रपतिलाई बिदाइ गर्न समेत उपस्थित नभएको भन्दै उनको आलोचना भयो ।

    प्रधानमन्त्री पक्षले स्वास्थ्य समस्या कारण केही समय विश्राम लिनुपरेको जनाएको भए पनि पछि उक्त स्पष्टीकरण हटाइएको थियो ।

    जेठ १७ मा प्रधानमन्त्रीले संसद्मा प्रश्नोत्तरका क्रममा ‘नेपालले पनि भारतको भूमि मिचेको’ आशयको अभिव्यक्ति दिएपछि विपक्षी दलले त्यसलाई राष्ट्रहितविपरीत भन्दै अभिव्यक्ति फिर्ता लिन र संसद्को रेकर्डबाट हटाउन माग गर्दै लगातार विरोध जनाइरहेका छन् ।

    असार २९ गते पनि प्रधानमन्त्री शाह करिब २० मिनेट बसेर विपक्षीको जवाफ मागिरहेका बेला संसद् छाडेका थिए ।

    बाहिरिने क्रममा सभामुख र बोलिरहेका सांसदबीचबाट हिँडेको भन्दै एमालेले प्रतिनिधिसभा नियमावली उल्लङ्घन भएको भन्दै नियमापत्ति जनाएको थियो ।

    श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले पनि प्रधानमन्त्री संसद्मा उपस्थित हुँदा पटक–पटक विवाद सिर्जना हुने गरेको टिप्पणी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images