images
images
  • पर्यटन मन्त्रालयले टेरेन सर्वोच्चको आदेश, एयरलाइन्सको नेतृत्वमा रास्वपा कार्यकर्ता भर्ती

    काठमाडौं– सर्वोच्च अदालतले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को सञ्चालक नियुक्तिमा योग्यता (मेरिट)लाई आधार बनाउन स्पष्ट आदेश दिए पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय फेरि विवादित नियुक्तिको तयारीमा लागेको आरोप लागेको छ ।

    खुला प्रतिस्पर्धाबाट छनोट भएका उम्मेदवारमध्ये सर्वाधिक अंक प्राप्त उपेन्द्रबहादुर कार्कीलाई यसअघि पन्छाइएको निर्णय सर्वोच्चले बदर गरेको थियो ।

    अदालतले बिना आधार योग्य उम्मेदवारलाई बेवास्ता गर्न नमिल्ने भन्दै मेरिटका आधारमा नियुक्ति गर्न सरकारलाई निर्देशन दिएको थियो ।

    तर अहिले कार्यकारी अध्यक्ष र उपाध्यक्ष नियुक्तिमा फेरि योग्यता क्रमभन्दा तल रहेका उम्मेदवारलाई अघि सार्ने तयारी भइरहेको स्रोतहरूको दाबी छ ।

    यसले पुनः कानुनी विवाद निम्त्याउने र संस्थाको नेतृत्व थप अस्थिर बन्ने चिन्ता सरोकारवालाले व्यक्त गरेका छन् ।

    आर्थिक र प्राविधिक संकटबाट गुज्रिरहेको नेपाल एयरलाइन्सलाई सक्षम नेतृत्व आवश्यक रहे पनि मन्त्रालयको निर्णय प्रक्रियाले सुशासन र पारदर्शितामाथि प्रश्न उठाएको छ ।

    विवादित नियुक्ति अघि बढाइए पुनः अदालत जाने तयारी दाबेदारहरूले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images