काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभाको बैठकमा प्रवेश गर्नुअघि सभामुख डोलप्रसाद अर्यालसँग करिब ५ मिनेट छलफल गरेका छन् ।
संसद् सचिवालय स्रोतका अनुसार दुवै नेता संसद् भवनस्थित सभामुखको कार्यकक्षमा भेटिएका थिए ।
छलफलपछि उनीहरू एकसाथ प्रतिनिधिसभा बैठकमा सहभागी भएका हुन् ।
तर, उनीहरू दुवैले संसद्लाई सम्बोधन गर्ने नगर्नेबारे जानकारी प्राप्त भएको छैन ।
आजको प्रतिनिधिसभा बैठकमा न्याय परिषद्, न्याय सेवा आयोग र लोक सेवा आयोगका वार्षिक प्रतिवेदन पेस गर्ने, अर्थसम्बन्धी विधेयक प्रस्तुत गर्ने तथा विभिन्न विधेयक र अन्तर्राष्ट्रिय श्रम संगठनसम्बन्धी प्रस्तावहरू अघि बढाउने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस्























