images
images
  • राजीनामाको दबाब बढेसँगै राष्ट्रपति–उपराष्ट्रपतिबीच भेटवार्ता

    काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता गरेका छन् ।

    आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उपराष्ट्रपति यादवले आफ्नो कतार भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    रास्वपा नेतृत्वको सरकारले राष्ट्रपति र उपराष्ट्रपतिलाई राजीनामा दिन दबाब दिइरहेको बताइएको छ ।

    यद्यपि यसबारे उनीहरूको आधिकारीक धारणा सार्वजनिक भएको छैन ।

    उपराष्ट्रपति यादव आज दिउँसो ३ः३० बजे कतार प्रस्थान गर्दै छन् ।

    उनी कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपालका तर्फबाट शोक समवेदना व्यक्त गर्न त्यसतर्फ जान लागेका हुन् ।

    उपराष्ट्रपति यादवले कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति पौडेलको तर्फबाट शोक सन्देश हस्तान्तरण गर्ने कार्यक्रम छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images