काठमाडौं– प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलहरूले सरकारसँग विभिन्न घटनाबारे जवाफ मागिरहेका बेला रास्वपाका सांसदहरूले नियमापत्ति जनाउँदै प्रतिवाद गरेका छन् ।
नेकपा सांसद रमेश कुमार मल्लले मिडिया हाउस र कांग्रेस सभापति गगन थापाको घरअगाडि शंकास्पद गाडी पार्किङलाई राज्य संरक्षित गतिविधि भनेपछि रास्वपा सांसद टिका संग्रौलाले त्यसले राज्यको प्रतिष्ठामा आँच पुग्ने भन्दै आपत्ति जनाइन् ।
त्यसैगरी, कांग्रेस सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई श्री ८ को संज्ञा दिएपछि रास्वपा सांसद शिवशंकर यादवले उक्त अभिव्यक्ति संविधान र संसदीय मर्यादाविपरीत रहेको भन्दै रेकर्डबाट हटाउन माग गरे ।
प्रतिपक्षले सरकारलाई जवाफदेही बनाउन प्रश्न उठाइरहेका बेला रास्वपाले भने ती अभिव्यक्तिमाथि नियमापत्ति जनाउँदै संसद्मा प्रतिवाद गरेको हो ।
प्रतिक्रिया दिनुहोस्























