images
images
  • हङकङलाई ३० रनमै समेट्दै नेपाल यु–१९ महिला टोलीको १८१ रनको शानदार जित

    काठमाडौं– एसीसी यु–१९ महिला प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकाल्दै हङकङलाई १८१ रनको विशाल अन्तरले पराजित गरेको छ ।

    कप्तान सोनी पाख्रिनको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपालले हङकङलाई मात्र ३० रनमा समेटेको हो ।

    पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएर २११ रन बनायो ।

    कप्तान पाख्रिनले ६० बलमा १३ चौका र १ छक्कासहित ९० रनको शानदार इनिङ्स खेलिन् ।

    सावित्री धामीले ५२ तथा अलिसा कुमारी यादवले २३ रनको योगदान दिइन् ।

    २१२ रनको लक्ष्य पछ्याएको हङकङ ३० रनमै अलआउट भयो ।

    हङकङका लागि वङ विङ किउ हेलीले सर्वाधिक १३ रन बनाइन् ।

    बलिङमा पनि कप्तान पाख्रिन नै चम्किइन् ।

    उनले ४ ओभरमा मात्र ४ रन खर्चेर ४ विकेट लिइन् भने मनिषा उपाध्यायले २ विकेट हात पारिन् ।

    पहिलो खेलमा नेपालले सिंगापुरलाई १५१ रनले हराएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images