images
images
  • नक्कली भुटानी शरणार्थी प्रकरण : दोषीमाथि तोकिएन सजाय

    काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणसम्बन्धी सुनुवाइ सोमबार पूरा हुन नसकेपछि जिल्ला अदालत काठमाडौंले मुद्दा ‘हेर्दाहेर्दै’मा राख्दै भोलिका लागि पेसी तोकेको छ ।

    न्यायाधीश तेजबहादुर खड्काको इजलासले यसअघि टोपबहादुर रायमाझीसहितका प्रतिवादीलाई विभिन्न कसुरमा दोषी ठहर गरेको थियो ।

    कानुनी व्यवस्थाअनुसार गम्भीर फौजदारी मुद्दामा दोषी ठहरपछि सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ हुने व्यवस्था छ ।

    यस प्रकरणमा जिल्ला अदालत काठमाडौंले नौ जनालाई ठगी र सङ्गठित अपराधमा दोषी ठहर गरेको छ भने पूर्व गृहमन्त्री बालकृष्ण खाँड ठगी तथा सङ्गठित अपराधमा मतियार ठहर भएका छन् ।

    सरकारी कागजात किर्ते मुद्दामा टेकनाथ रिजाल, केशवप्रसाद दुलाल र सानु भण्डारी दोषी ठहर भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images