काठमाडौं– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सञ्चारमाध्यमका मुख्य गेटअघि सवारीसाधन पार्किङ गरिएको घटनाबारे निष्पक्ष छानबिन गर्न माग गरेकी छन् ।
उनले मिडिया कार्यालयको मुख्य प्रवेशद्वार नै किन रोजियो, गाडी कसले र कुन उद्देश्यले त्यहाँ पार्क गर्यो भन्ने विषयमा सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताएकी छन् ।
थापाले स्वतन्त्र सञ्चारमाध्यम लोकतन्त्रको आधारस्तम्भ भएकाले घटनाको पारदर्शी छानबिन गरी जनविश्वास कायम गर्नुपर्ने उल्लेख गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्























